अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 00:31

बाढी र पहिरोमा परी इन्डोनेसियामा ९० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:११ मा प्रकाशित

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब ९० पुगेको छ । इन्डोनेसिया पूर्वी प्रान्त पपुवामा जारी यस प्रकोपमा ८९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७४ जना बेपत्ता रहेका र उद्धार प्रयास जारी रहेको इन्डोनेसियाली प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन् । जयापुरा जिल्लामा करिब एक हप्तादेखि जारी रहेको यस प्रकोपमा १५९ व्यक्ति घाइते भएका र घाइते मध्ये पनि ८४ व्यक्तिको अवस्था गम्भीर रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताउनुभएको छ ।

स्थानीय समयानुसार गत शनिबार साँझ छबाट आएको यस बाढी परी अझै पनि कैयौँ व्यक्ति बेपत्ता रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । बाढीबाट प्रभावित भएकामध्ये ६ हजार ८३१ व्यक्तिलाई पाँच ओटा शरणार्थी स्थलमा स्थानान्तरण गरिएको बताइएको छ ।

बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू