अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४
| Colorodo: 04:39
बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । शनिबार मध्याह्न १२ बजेतिर हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीकोे क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
आगो सल्किरहेको अवस्थामा कर्मचारी त्यहाँ पुगेको बताइएको छ । नेपाल आयल निगम अमलेखगन्ज र जीतपुर–सिमरा उपमहानगरपालिकाको बारुणयन्त्रको सहायतामा करिब ४० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।