अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 13:19

वार्ताको वातावरण अमेरिकाले बिगार्यो – उत्तर कोरिया

बिआरटीनेपाल २०७५ चैत २ गते ६:३४ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कूटनीतिक पहल गर्ने वा नगर्नेबारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ठ अधिकारीले बताएका छन् । साथै, नेता किमले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणलाई स्थगन गर्ने बारेमा पनि निर्णय लिन सक्ने बताईएको छ । उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोइमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको पनि बताएका छन् ।

उत्तर कोरियाकी उपविदेशमन्त्री चो सोन हुईले प्योङयाङमा विदेशी कूटनीतिज्ञ एवं संवाददाताहरुलाई सम्बोधन गर्दै हनोइ शिखर वार्तामा कुनै सहमतिमा हस्ताक्षर नभएकामा उत्तर कोरिया दुःखी भएको बताउनुभयो । उहाँले संयुक्तराज्य अमेरिकाले अभिरुचि नदेखाएको अवस्थामा वार्ता पुनः सुरु गर्ने सम्भावना नरहेको पनि स्पस्ट पार्नुभएको छ । हनोइ वार्तामासमेत सहभागी उपविदेशमन्त्री चोले अमेरिकी वार्ता प्रक्रियाबाट उत्तर कोरियाली नेता अचम्मित भएको पनि बताउनुभयो ।

अमेरिकी राष्ट्रपति वार्तामा केही लचिलो भएपनि विदेशमन्त्री माइक पोम्पेओ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हठपूर्ण मागहरुले वार्ता बीचमै भंग भएको उहाको भनाई थियो । अमेरिकी राष्ट्रपतिका वरिष्ठ सल्लाहकारबाट आइरहेका वक्तव्यहरुले पनि वातावरणलाई थप बिगारेको चो ले बताउनुभयो । वासिङ्टनमा पोम्पेओ र बोल्टनले उत्तर कोरियाली आरोपको खन्डन गरिसक्नुभएको छ ।
विदेशमन्त्री पोम्पेओले अमेरिकाले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षण स्थगन गर्ने किमको प्रतिज्ञालाई ट्रम्पले विश्वास गरेको पनि स्पस्ट पार्नुभयो । तनावका बाबजुद् उपविदेशमन्त्री चोले दुई नेताबीचको व्यक्तिगत सम्बन्ध अझैपनि राम्रो रहेको भने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू