अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 12:40

जम्मु-काश्मिर क्षेत्रबाट १० किमी टाढा रहन अमेरिकीलाई ह्वाइट हाउसको निर्देशन

बिआरटीनेपाल २०७५ फागुन २५ गते ८:५८ मा प्रकाशित

अमेरिकाले भारत यात्रामा जाने आफ्ना नागरिकका लागि एडभाइजरी जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ह्वाइट हाउसले शनिबार जारी गरेको एडभाइजरीमा भारतमा पछिल्ला दिनमा अपराध तथा आतंकवादसँग सम्बन्धी घटनाहरू तीव्र रूपमा बढेकाले त्यहाँ जाने अमेरिकी नागरिकले उच्च सावधानी अपनाउन आग्रह गरेको हो। भारतको प्रशासित क्षेत्र जम्मू–कश्मीरमा देखिएको अशान्तिको कारण देखाउँदै अमेरिकाले आफ्ना नागरिकका लागि त्यस क्षेत्रमा नजानसमेत चेतावनी दिएको छ।

ह्वाइट हाउसका ब्युरो चिफले ट्विटमार्फत भारत–पाकिस्तान सीमाबाट टाढै रहन पनि सुझाएका हुन्। अमेरिकाले भारत यात्राका लागि दोस्रो लेभलको अलर्ट जारी गरेको छ भने भारत पाकिस्तान सीमाका लागि चौँथो लेभलको अलर्ट जारी गरेको छ। सीमामा भारत र पाकिस्तानबीच जुनकुनै बेला पनि युद्ध हुन सक्ने आशंका व्यक्त गर्दै अमेरिकाले सीमा क्षेत्रबाट १० किलोमिटरको दूरीमा रहन भनेको हो। अमेरिकाले संवेनशिल्तालाई हेरेर विभिन्न चरण गरी चार चरणमा अलर्ट जारी गर्ने गर्दछ। अमेरिकाले पहिलो चरणको अलर्टमा आफ्ना नागरिकलाई सामान्य तरिकाले सावधानी अपनाउन आग्रह गर्छ भने दोस्रो चरणमा अतिरिक्त सचेत रहेन भनिन्छ।

तेस्रो चरणमा कुनै क्षेत्रमा यात्रा गर्ने आफ्ना नागरिकलाई उक्त ठाउँ असुरक्षत रहेको र जानका लागि एकपटक पुनः विचार गर्न आग्रह गर्दछ। त्यस्तै, चौँथो चरणमा भने असुरक्षित ठाउँमा नजानका लागि चेतावनी दिने गर्दछ। अमेरिकाले जारी गरेको इडभाइजरीमा भारतमा हिंसा तथा यौन दुर्व्यवहार तीव्र रूपमा बढेको उल्लेख गरेको छ। यस्ता घटना पर्यटकी क्षेत्रमा पनि हुने गरेको भन्दै सचेत रहन आग्रह गरेकोछ। यसका साथै अमेरिकाले बजार, सपिङ मल तथा सरकारी कार्यालयमा सुनसुकै बेला आतंकवादी हमाल हुन सक्ने भन्दै अमेरिकाबाट भारत जाने अमेरिकीले सुरक्षाको योजनाका लागि तयारी अवस्थामा रहनसमेत भनेको छ। अमेरिकाले जारी गरेको एडभाइजरीमा महिलाहरूलाई एक्लै यात्रा नगर्ने पनि भनिएको छ।

फेब्रअरी १४ मा भएको पुलवामा बम हमलापछि जम्मु-काश्मिर क्षेत्र अशान्त छ। उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको भारतीय पक्षको आरोप छ भने पाकिस्तानले उक्त आरोपको अस्वीकार गर्दै आएको छ। यसअघि उक्त आक्रमणको केही दिनपछि पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दनको रिहापछि उक्त क्षेत्र शान्त हुने अपेक्षा गरिएको थियो। तर, उक्त क्षेत्रमा दैनिक जसो बमबारी भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू