अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१
| Colorodo: 08:36
अस्ट्रेलियाको मेलवर्नमा रहेकी नेपाली विद्यार्थी निस्मा श्रेष्ठको सडक दुर्घटनामा परि मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको बनेपा घर भई हाल पढाईको शिलशिलामा नौ महिना अघि अस्ट्रेलिया पुगेकी निष्माको गत हप्ता सडक दुर्घटना भएको थियो ।
मेलवर्नमा रहेका लाट्रोब विश्वविद्यालयमा अध्ययनरत निष्मा काम सकेर राति करिब १ बजे घर फर्कदा बाटो काट्ने क्रममा उनलाई गाडीले ठक्कर दिँदा टाउकोमा गम्भरि चोट लागेकी निष्माको उपचाको क्रममा अस्पतालमा निधन भएको हो ।
उनका आफन्तहरू भाइ र श्रीमान् ७ मार्चमा मेलवर्न आइपुगेपछि मात्र अस्पतालले यो दुर्घटनाका खबरलाई औपचारिक रूपमा जानकारी गराएको थियो । एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक केशव कँडेलले दुर्घटनाको खबर पाएदेखि आफूहरू अस्पतालको सम्पर्कमा रहेको बताउनुभएको छ ।