अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 00:53

आइएसमा सहभागी हुन लण्डन छाडेकी समिमा बेगमको नवजात शिशुको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २५ गते ८:४१ मा प्रकाशित

विद्रोही संगठन इस्लामिक स्टेट (आइएस) मा सहभागी हुन बेलायतको लण्डन छाडेकी समिमा बेगमको नवजात शिशुको मृत्यु भएको छ । १९ वर्षीया किशोरी समिमा बेगमले झन्डै तीन हप्ताअघि तेस्रो सन्तानको रुपमा छोरा जेर्राहलाई जन्म दिएकी थिइन् ।

तर, छोरा जेर्राहको मृत्यु भएको सिरियन डेमोक्य्राटिक फोर्सका प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । किशोर किशोरीका लागि शिविर सञ्चालन गर्दै आएको समूहले पनि समिमाका छोराको निमोनियाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

बेलायती सरकारका प्रवक्ताले कुनै पनि बच्चाको निधन दुःखद् तथा गम्भीर रुपले विचलित पार्ने हुने बताएका छन् । समिमा बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो । उनी बेलायत फर्कन चाहन्छिन् तर बेलायतले उनको नागरिकता खोसेको छ । समिमाका डच श्रीमान यागो रिएडिज्क अहिले जेलमा छन् । उनी पनि आइएसका लडाकु हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू