अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 01:11

वायुसेना अधिकारीबाट बलात्कृत भएको अमेरिकी सिनेटरको खुलासा

बिआरटीनेपाल २०७५ फागुन २४ गते ९:०४ मा प्रकाशित

अमेरिकाकी एक सिनेटरले आफू वायुसेनाको एक वरिष्ठ अधिकारीबाट बलात्कृत भएको खुलासा गरेकी छन् । वायुसेनामा कार्यरत रहँदा आफूलाई एक वरिष्ठ अधिकारीले बलात्कार गरेको सिनेटर मार्था म्याकस्लीले खुलासा गर्नुभएको हो । सेनामा यौन दुष्कर्मबारे सुनुवाइका क्रममा उहाँले यस्तो बताउनुभयो । मार्था युद्धमा लडाकु विमान उडाउने पहिलो अमेरिकी महिला पाइलट हुनुहुन्छ ।

एरिजोना रिपब्लिकन अखबारमा प्रकाशित समाचार अनुसार मार्थाले आफू बलात्कृत भएको उजुरी भने दिनुभएको थिएन । लाज र भ्रमका कारण त्यतिबेला उहाँले उजुरी नदिएको बताइएको छ । सन् २०१७ मा अमेरिकी सेनामा करिब ६ हजार ८०० यौन उत्पीडनका घटना प्रकाशमा आएका छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या १० प्रतिशतले बढी हो ।

सिनेटर मार्थाले बुधबार सिनेट आर्म्ड सर्भिस उपसमितिमा यौन उत्पीडनका शिकार भएकाहरुको सुनुवाइका क्रममा आफ्नो विगतबारे खुलासा गरेको बताइएको छ । २६ वर्षसम्म अमेरिकी वायुसेवामा काम गर्नुभएका मार्थाले सन् २०१० मा अवकाश पाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू