अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 01:04

राष्ट्रपति ट्रम्प नै अपराधमा संलग्न !

बिआरटीनेपाल २०७५ फागुन २३ गते ८:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अपराधमा संलग्न रहेको पाईएको छ । अमेरिकामा गरिएको एक सर्वेक्षणले डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि अपराधमा संलग्न भएको देखाएको हो । क्वीनीपियाक विश्वविद्यालयले गरेको मत सर्वेक्षणमा सहभागीमध्ये ४५ प्रतिशतले ट्रम्प राष्ट्रपतिका रुपमा ह्वाईट हाउस छिर्नुअघि थुप्रै कानूनहरुको उल्लंघन गरेको र अपराधमा संलग्न भएको मत जाहेर गरेका छन् ।

सर्वेक्षणमा सहभागी ४३ प्रतिशतले भने यो कुरा अस्वीकार गरेका छन् । ट्रम्पबारे मत सर्वेक्षणसहित गरिएको अध्ययनले उहाँका कानुनी परामर्शदाता माइकल कोएनले नै ट्रम्पलाई कानुन उल्लंघनमा साथ दिएको र जसका कारण कोएन जेल गएको निष्कर्ष निस्कएको सो सर्वेक्षणका सहायक निर्देशक टिम मालोइले बताएका छन्। सर्वेक्षणमा मत दिनेहरुले राष्ट्रपति ट्रम्पलाई गैरकानुनी र अबैधानिक आचरणमा कोएनले साथ दिएको दाबी गरेका छन् ।

माइकल कोएन सन् २००६ देखि २०१८ वर्षसम्म ट्रम्पको कानूनी परामर्शका साथै ट्रम्प अर्गनाइजेशनको उपाध्यक्षका रुपमा काम गरेका व्यक्ति हुन् । कोएनले तयार गरेका दस्ताबेजहरुमा अहिले विभिन्न अदालतहरुमा अहिले छानबिन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू