अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीको काम असाधारण, उपेक्षा गर्न नसकिने प्रभाव – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ फागुन २३ गते ८:४६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीले एक बर्षमा दुनियालाई चकित पार्ने गरी असाधारण सुधारको काम गरेको बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालयले आज आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले रवीन्द्रको कामलाई कसैले पनि ओझेलमा पार्न नसक्ने बताउनु भयो ।

आफ्नो एक वर्षको कार्यकालमा दिवंगत मनत्री रवीन्द्र अधिकारीले बिर्सिन नसकिने काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उहाँका कामहरुलाई कसैले पनि उपेक्षा गर्न नसक्ने बताउनुभयो । प्रधानमन्त्रीले रवीन्द्रले गरेको जति काम कुनैपनि मन्त्रीले धेरै समयमा पनि गर्न नसक्ने दावी गर्नुभयो ।

संस्कृति, पर्यटन र नागरिक उडययनका क्षेत्रमा स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीले गरेका काम र योजनाहरु असाधारण रहेको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले अहिले आलोचना गर्दा मात्रै वाहवाही हुने गरेको यथार्थबीच रवीन्द्र अधिकारीले कामबाट जवाफ दिने गरेको बताउनु भयो ।

यस्तै अर्का नेता भरतमोहन अधिकारीप्रति पनि प्रधानमन्त्रीले उच्च सम्मान प्रकट गर्नुभएको छ । भरतमोहन अधिकारी पनि कामबाट चिनिएको ब्यक्ति रहेको उल्लेख गर्दै उहाँले कडा शब्द प्रयोग गर्न नचाहने, मिलनसार र काममा बिश्वास गर्ने अधिकारी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै जीवन गुमाएका पर्यटन ब्यवसायी आङछिरिङ शेर्पा र उपसचिव युवराज दाहाललाई पनि बिकाशमा लागिपरेका योद्धाको संज्ञा दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय