अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सांसदहरुको माग

बिआरटीनेपाल २०७५ फागुन २२ गते ८:४३ मा प्रकाशित

प्रतिनिधि सभाका सांसदहरुले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुनुअघि नै राहत शिक्षकहरुको माग सम्बोधन गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । राहत शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै माग सम्बोधन नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्ने खाँडको चेतावनी थियो ।

सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले पनि ४० हजारको संख्यामा रहेका राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो । राष्ट्रिय जनता पार्टी, नेपालका सांसद महेन्द्रराय यादवले राहत शिक्षकहरुको आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेकोमा आपत्ति जनाउनुभयो । राहत शिक्षकहरुले आफूहरुलाई स्वतःस्थायी गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै विद्यालयको पठनपाठननै ठप्प पारेर काठमाडौंमा बिरोध प्रर्दशन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय