अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

अमेरिकामा उच्च पदमा बिभिन्न पेशामा संलग्न नेपाली महिलाले आफ्ना संघर्ष र सफलताका कथा यसरी सुनाए

प्रथम नेपाली महिला उद्यमशीलता तथा नेतृत्व सम्मेलन २०१९

विजय थापा २०७५ फागुन २१ गते २१:१३ मा प्रकाशित

अमेरिका पुगी अमेरिका मै उच्च अध्ययन समेत गरि अमेरिकामा उच्च पदमा बिभिन्न पेशामा संलग्न नेपाली महिलाहरुले आफ्ना संघर्ष र सफलताका कथाहरु निर्धक्क साथ सुनाएका छन् । गत हप्ता शनिबार मार्च २ का दिन अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा एक दिवसीय प्रथम नेपाली महिला उद्यमशीलता तथा नेतृत्व सम्मेलन २०१९ सहभागी हुन् आएका नेपाली मूलका महिलाले आफ्ना कुराहरु गाठो खोल्दै मन खोलेर सुनाए । उक्त सम्मेलनको चर्चा परिचर्चा अमेरिका भर व्यापक भएको छ ।

सहभागी हुनेहरुले सम्मेलन स्तरीय,गुणस्तरीय ,व्यवसायिक तथा समन्वय गर्न आयोजक सफल रहेको बताएका छन् । महिलाहरुले आफ्ना नेपाल देखि अमेरिका आए पछि गरेका संघर्ष तथा सफलता का कथा सुनाउदा कर्तल ध्वनि बाट सभा कक्ष गुन्जायमान हुन्थ्यो । वक्ताले आफ्ना कुराहरु राख्दा दर्शक भाबुक पनि हुन् पुगेका थिए ।

उक्त सम्मेलनको लागि अमेरिकाका विभिन्न राज्यहरु बाट महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । हरेक बर्ष मार्च ८ तारिखमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवश मनाइन्छ । यस बर्षको नारा थिंक इक्वेल,बिल्ड स्मार्ट इनोभेट फर चेन्ज रहेको छ ।यस पटक टेक्ससको नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्श, एनआरएन अमेरिका राष्ट्रिय संयोजन परिषद् तथा नेपाली वुमन्स ग्लोबल नेटवर्क( नेपाली महिला बिश्व संजाल) ले संयुक्तरूपमा सम्मेलनको आयोजना गरेका थिए।

मूलत अमेरिका आए पुगे पछि नेपाली मूलका महिलाहरूले भोग्नु परेका समस्या,संघर्ष तथा हासिल गरेका उपलब्धिका बारेमा केन्द्रित हुदै अवसर र चुनौतिहरूका बिषयमा छलफल भएको थियो । अमेरिकामा पहिलो पटक यस्तो बृहत सम्मेलनको आयोजना गरिएको हो भने उक्त सम्मेलनमा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका पनि सहभागिता रहेको थियो । प्रथम पटक आयोजना गरिएको उक्त सम्मेलनमा ‘महिला नेतृत्व’, ‘सफलता र साहसका कथा’, ‘महिला उद्यमी’ र ‘महिला स्वास्थ्य’ शीर्षकका चार समूहमा छलफल चलाइएको थियो। 

‘स्टोरी अफ सक्सेस एण्ड करेज’ बिषयमा न्यू योर्ककि अधिकार संस्थाकि अधिकारकर्मी नर्बदा क्षेत्री, डीसी क्षेत्रकि अधिवक्ता बन्दिता शर्मा दाहाल, कृषि अभियन्ता डा. सुमन रिमाल, महिला सामाजिक कार्यकर्ता डा. विद्या रञ्जित प्रविधिविज्ञ रश्लिना न्याछ्यो जोशी तथा टेक्सस कै हिंसापीडित गीता शाहले आफ्ना भोगाईका कथाहरु सुनाएका थिए ।

यसैगरी ‘महिला उद्यमी’ विषयक समूह छलफलमा क्यालिफोर्नियाकी निरा गिरी तामाङ ,टेक्सासकी सीता सापकोटा, उद्यमी दीक्षा भट्ट,तथा जर्जियाकी सुष्मा बाराकोटीले उद्यमशीलता तथा सफलताको कथा सुनाएका थिए। 

यसै गरि समूह छलफल अन्तर्गत ‘महिला नेतृत्व’ विषयक अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा देउजा, नेप्लिज एशोसिएसन इन साउथ इष्ट अमेरिका जर्जियाकी उपाध्यक्ष अम्बिका लोहनी ,एनआरएनए अमेरिकाकी पूर्वउपाध्यक्ष तथा बाना कि पूर्व अध्यक्ष रविना थापा, एनआरएन कि उपाध्यक्ष उमा कार्की थापा, ,तथा नेपाली अमेरिकन अग्रनाइजेसन अफ ओहायोकी अध्यक्ष डा. एलिना शाक्यलाई सोधिएका जिज्ञाशालाई जवाफ दिदै आफ्ना धारणा समेत राखेका थिए । उक्त समुहको लागि संचारकर्मी सच्ची मैनाली कार्यक्रम प्रस्तोता रहेकी थिइन् । 

यसै गरि ‘महिला स्वास्थ्य’ विषयक समूह छलफलमा अबुर्द रोग विशेषज्ञ चिकित्सक रश्मी खनाल, दन्त्य रोग विशेषज्ञ चिकित्सक शर्मिला श्रेष्ठ, चिकित्सक रोजी राजभण्डारी लगायतले महिला स्वास्थ्यको बारेमा बोलेका थिए । सम्मेलनमा टेक्सस ड्यालस वरपरका सामाजिक अभियन्ता तथा पुरुषहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । सफलताको कथाको कार्यक्रम प्रस्तोता कल्पना घिमिरे रहेकी थिइन् भने महिला उद्यम शिलतामा डा शिलु घिमिरे न्यौपानेले कार्यक्रम संचालन गर्नु भएको थियो । यसै गरि स्वास्थ्यमा डा. बिष्णु माया उपाध्याय कार्यक्रम प्रस्तोता रहनु भएको थियो । 

फोटो: बोधी क्रिएसन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू