अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

नेपाल र बङ्गलादेशबिच दोहोरो कर मुक्ति सम्बन्धी सम्झौता

बिआरटीनेपाल २०७५ फागुन २१ गते २०:३५ मा प्रकाशित

नेपाल र बङ्गलादेश सरकारबिच दोहोरो कर मुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राजश्व सचिव लाल शङ्कर घिमिरे र बङलादेशका तर्फबाट अर्थ मन्त्रालयका सिनियर सचिव मोस हरफ हुसैन भुईयानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

साथै अर्थमन्त्री डा. युवराज खतिवडासँग बङ्गला देशका हुसैन र नेपालस्थित बङ्गला देशकी राजदूत मसेफ बिन्टे सामले भेटवार्ता गर्नुभएको थियो । सम्झौता कार्यक्रममा मन्त्री खतिवडा र राजदूत साम समेत उपस्थिति हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू