अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 09:06

आतंक मच्चाउने काम तत्काल बन्द गर्न विप्लप नेकपालाई प्रधानमन्त्री ओलीको चेतावनी

बिआरटीनेपाल २०७५ फागुन २१ गते ६:३३ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई कम्युनिस्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न चेतावनी दिनुभएको छ ।

मंगलबार झापाको खुदुनाबारीमा सुखानी सहिद स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको नाममा जनता मार्ने, लुट मच्चाउने, चन्दा असुल्ने र विस्फोट गराउने कार्य बन्द गर्न निर्देशन दिनुभयो ।

देशमा सबै कम्युनिस्टहरु एक ढिक्का भइसकेको भन्दै ओलीले कोही सच्चा कम्युनिस्ट छुटेको भए नेकपाको ढोका खुला रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू