अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

हिन्दू राष्ट्र र संवैधानिक राज संस्थाको मुद्दा जायज – राप्रपा संयुक्त

बिआरटीनेपाल २०७५ फागुन २१ गते ६:१८ मा प्रकाशित

प्रजातान्त्रिक शासन पद्धतिलाई बलियो बनाउनका लागि मुलुकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको मुद्दा स्थापित हुन आवश्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले जनाएको छ । विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका अध्यक्षद्वय पशुपति सम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त रुपमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र संवैधानिक राज संस्थाको मुद्दा जायज रहेको बताउनुभएको हो ।

अध्यक्ष जबराले बैशाखपछि पार्टीले उठान गरेका मुद्धा स्थापित गराउन आन्दोलनको विगुल फुक्ने बताउनुभयो । संघीयता कार्यान्वयन गलत तरिकाले भइरहेको उल्लेख गर्दै अध्यक्ष जबराले संघीय र स्थानीय सरकार अधिकार सम्पन्न हुँदा बीचको प्रदेश सरकारलाई नै अधिकारविहीन बनाउने काम भइरहेको बताउनुभयो । प्रदेश सरकारलाई पनि अधिकार सम्पन्न बनाएर लगे संघीयता कार्यान्वयन सफल हुने जबराको बुझाइ छ ।

त्यसैगरि, अर्का अध्यक्ष डा. लोहनीले नयाँ संविधान कार्यान्वयन हुनु पर्ने पक्षमा पार्टी रहेको जानकारी पनि दिनुभयो । उहाँले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले जनताको सुशासनलाई कुसाशनमा परिणत गरिदिएको आरोप लगाउनुभएको छ , संविधान संशोधनका क्रममा हिन्दू राष्ट्र र संवैधानिक राज संस्थालाई पनि अटाउन सके संविधान सर्वमान्य हुने लोहनीको दावी थियो । पार्टीका दुवै अध्यक्षले कमल थापा नेतृत्वको राप्रपासँग पनि एकताको प्रयास भइरहेको जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय