अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३
| Colorodo: 13:48
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सशक्त आन्दोलनका लागि तयार रहन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
नेपाल ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारले प्रेस स्वतन्त्रता पनि खुम्च्याउन खोजेको आरोप लगाउनुभयो । कांग्रेस कार्यकर्तालाई आवश्यक परेको खन्डमा सरकारविरुद्ध सशक्त आन्दोलनका लागि तयार रहन निर्देशन दिँदै सभापति देउवाले पार्टीभित्रको गुटले सिंगो पार्टीलाई बेफाइदा गरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट–उपगुटले कांग्रेसलाई कमजोर बनाएको भन्दै त्यसको अन्त्यका लागि ठोस कदम चाल्न पार्टी सभापति देउवालाई आग्रह गर्नुभएको थियो ।
