अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

पोखरामा प्याराग्लाइडर रूखमै अल्झिए

बिआरटीनेपाल २०७५ फागुन २० गते ५:०२ मा प्रकाशित

कास्कीको मादी गाउँपालिका छाचोकको जंगलको एक रूखमा रसियन प्याराग्लाइडर अल्झिएका छन्। पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रूखमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो ।

‘रूख निकै अग्लो रहेको र अर्को रूखबाट उनको उद्धार गर्ने प्रयास भइरहेको जनाईएको छ’, गुरुङले भन्नुभयो, ‘अर्को रूखबाट डोरी लगाएर पाइलटलाई अर्को रूखसम्म ल्याईयो तर रूखमा नै अल्झिएका कारण तल झार्न कठिन भएको छ ।’

उनी अन्य साथीहरू सँग उड्दै त्यहाँ आएको बताइएको छ । अन्य पाइलटहरू सकुशल भुइँमा झरे पनि उनी भने रूखमा अल्झेका थिए । पोखरामा यतिबेला करिब २ सय रसियन र अन्य देशका पर्यटकहरू प्याराग्लाइडिङ गर्न आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय