अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७
| Colorodo: 12:22
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै दिवंगत भएका दुई नेताहरु भरतमोहन अधिकारी र रवीन्द्र अधिकारी तथाा हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभाको आयोजना गर्ने भएको छ ।
पार्टी महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले कम्तिमा २० हजारको उपस्थितिमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो । सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने जनाईएको छ ।
श्रद्धाञ्जलीसभामा स्वर्गीय नेताद्धय अधिकारीलगायत अन्य परिवारका सदस्य पनि सहभागी हुने बताईएको छ । तयारी बैठकमा नेकपा नेताहरु अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायत उपस्थित हुनुहुन्थो ।
