अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 23:24

भेनेजुयलाका स्वघोषित राष्ट्रपति गुआइडो स्वदेश फर्कने

बिआरटीनेपाल २०७५ फागुन २० गते २:५८ मा प्रकाशित

आफुलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुआइडो स्वदेश फर्कने फर्कनुहुने भएको छ । उहाँले भोली ११ बजे नागरिकहरुलाई प्रदर्शनीमा उत्रन आव्हान गर्दै र्यालीलाई सम्वोधन गर्ने बताउनुभएको छ । गुआईडोले ट्वीट गर्दै भेनेजुएलाका नागरिकलाई प्रदर्शनीमा उत्रन आव्हान गर्नुभएको हो ।

गुआइडोलाई ५० भन्दा बढी देशले समर्थन गरेका छन् । उहाँले राष्ट्रपति निकोलस मुडुरोलाई राजीनामा दिन भन्नुभएको छ । निर्वाचित राष्ट्रपति मडुरोलाई चीन, रुस, क्यूवा लगायतका देशको समर्थन रहेको छ ।

गुआइडो कसरी स्वदेश फर्कन्छन् भने अस्पष्ट रहेको बीबीसीले जनाएको छ । स्वदेश फर्कन लागेका उहाँलाई राष्ट्रपति मुडुरोले कस्तो एक्सन लिनुहुनेछ भन्ने हेर्न बाँकी रहेको छ। भेनेजुएलाको सर्वोच्च अदालतले गुआइडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि यात्रा गर्न प्रतिवन्ध लगाएको छ। अमेरिका, यूरोप लगायतका देशहरुले गुआइडो प्रति त्यस्तो कुनै कार्य भए चुप नलाग्ने चेतावनी दिइसकेका छन्।

गत महिना कोलम्वीया पुगेका गुआइडो ल्याटिन अमेरिकी देशहरुको भ्रमण गर्नुभएको छ । उहाँले अमेरिकाका उपराष्ट्रपति माइक पेन्स, कोलम्बिया, ब्राजिलका नयाँ राष्ट्रपतिसँग पनि भेटघाट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू