अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

सरकारले प्रजातान्त्रिक अधिकार हस्तक्षेप गर्न खोज्दैछ – सभापति देउवा

बिआरटीनेपाल २०७५ फागुन २० गते २:३८ मा प्रकाशित

काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लिलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमबार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले विभिन्न बहानमा सरकार प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउन उद्धत रहेको बताउनुभयो ।

प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता भएकाले त्यसमाथि बन्देज लगाउन खोजे काँग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने देउवाको भनाई छ । ‘साइबर क्राइम देखाएर सामाजिक सञ्जाल र अनलाईन मिडियालाई बहानाबाजी गरेर बन्द गर्ने कुरालाई हामी सहदैनौं,’ सभापति देउवाको चेतावनी छ ।

उहाँले स्वर्गीय पण्डितसँग आफु विद्यार्थी राजनीति गर्दा करिब १३ वर्षसँगै जेलजीवन बिताएको भन्दै पण्डितको सिद्धान्तमा रहेर पार्टी र कार्यकर्ता अगाडी बढ्न सुझाव दिनुभयो । वि.सं १९९० सालमा भक्तपुरको जितपुरमा जन्मिएका पण्डितले प्रजातन्त्र प्राप्तिको लडाईमा आफ्नो जीवन समर्पण गर्नुभएको थियो । उहाँको २०७४ फागुन १ गते निधनको भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय