अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन

बिआरटीनेपाल २०७५ फागुन १९ गते ११:३८ मा प्रकाशित

धुर्मुसले आज चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन गरेको जानकारी दिएका छन् । उक्त रङ्गशाला बनाउनको लागि रु तीन अर्ब लाग्ने धुर्मुस सुन्तलीले जनाउँदै आएका छन् । उक्त पत्रकार सम्मेलनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आफूहरूले सबैलाई सहयोगको आह्वान गरेको उनले जानकारी दिएका छन ।

उनले भने, रकम सङ्कलन गर्न भर्खरै हामीले मलेसियामा कार्यक्रम गरेर फर्केका छौ साथै जापान, अस्ट्रेलिया र दुबईमा कार्यक्रम गर्ने तय भइसकेको बताए । साथै आर्थिक सङ्कलनका लागि नेपालका जिल्लाहरूमा समिति गठन भइरहेको छ । उक्त रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । हामी विज्ञसँग छलफल गरिरहेका छौ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय