अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

न्युयोर्कका अधिवक्ता फुलारा नेपालमा उपराष्ट्रपति पुनद्वारा सम्मानित

बिआरटीनेपाल २०७५ फागुन १९ गते १०:५८ मा प्रकाशित

काठमाडौँ, नेपालको डोटी जिल्लाको चुँडी हाल शिखर नगर पालिका जन्मेका र हाल अमेरिकाको न्यु योर्कका अधिवक्ता वासु फुलारालाई ‘शिखर अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व सम्मान – २०७५’ बाट सम्मानित गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँलाई उपराष्ट्रपति कार्यालयमा शिखर नेपालको आयोजनामा भएको कार्यक्रममा उक्त सम्मान वितरण गर्नुभएको हो । 

फुलाराले अमेरिकाको विभिन्न सहरमा इमिग्रेसन(अध्यागमन) सम्बन्धी कार्यक्रम गर्दै नेपालीहरूलाई सहयोग गरेका छन् । यस्तो छलफलमा अमेरिकाको नयाँ कानुन, टिपिएस्, ग्रीनकार्ड, बिजनेसको माध्यमबाट प्राप्त गर्न सकिने ग्रीनकार्ड, पारिवारिक भिसा, आप्रवासी भिसा, असाइलम, एफ–१, एक्स्ट्रा अर्डिनरी, अदालतमा विचाराधीन मुद्दा विषयमा छलफल गरिने गरिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय