अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

सरकार प्रचारमुखी भएको सभापति देउवाको आरोप

बिआरटीनेपाल २०७५ फागुन १९ गते ८:३३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै उहाँले सरकार संघीयतालाई समेत कमजोर बनाउने लागिरहेको धारणा राख्नुभयो । सभापति देउवाले सरकार प्रेस नियन्त्रण गर्न उद्यत रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै हालतमा कुण्ठित हुन नदिने बताउनुभयो ।
प्रदेश नं २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा उपयुक्त हुने देउवाको सुझाव थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय