अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६
| Colorodo: 17:51
पोखरा, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि शुक्रवार पोखराको रामघाटमा गरिएको छ । दिवङ्गत अधिकारीलाई श्रीमती विद्या भट्टराई, छोराहरू बिराज र स्वराज अधिकारीले दागबत्ती दिएका छन् । 
अन्त्येष्टि हुनु अघि पोखराको नयाँ बजार, महेन्द्र पुल र हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौँ नेपाली जनताको सहभागी थियो । मन्त्री अधिकारीको शव शुक्रवारै काठमाडौँबाट पोखरा ल्याइएको थियो । 

फोटो: बिमल आचार्य