अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

हवाई दुर्घटना हुन नदिन सावधानी अपनाउने उपप्रधानमन्त्री पोखरेलको भनाई

बिआरटीनेपाल २०७५ फागुन १६ गते ८:२१ मा प्रकाशित

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सीआइएनसँग कुराकानी गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको बताउनुभयो ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव आज काठमाडौं ल्याइएको छ । शव ल्याउँदा त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत पुगेका थिए । शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय