अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

स्वर्गीय मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा गरिने

बिआरटीनेपाल २०७५ फागुन १६ गते ८:१७ मा प्रकाशित

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शुक्रबार पोखरामा अन्त्येष्टि गरिने भएको छ । ताप्लेजुङबाट काठमाडौं ल्याइएको मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणका लागि शिक्षण अस्पतालमा लगिएको छ । शवको परीक्षणपछि भोली विहान टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै जनालाई श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने जानकारी दिनुभएको छ । मन्त्री अधिकारीको शवलाई भने अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा पठाइने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री अधिकारीको शुक्रबार पोखरामा अन्त्येष्टि गर्ने तयारी छ ।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे सवार हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय