अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 20:00

गैरकानुनी रुपमा बिदेश जाँदा नेपाली अलपत्र परे – अधिवक्ता फुलारा

बिआरटीनेपाल २०७५ फागुन १५ गते ९:०५ मा प्रकाशित

अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले नेपालीहरु गैरकानुनी रुपमा विदेश विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताउनुभएको छ । मिडिया इन्टरनेसनलले आयोजना गरेको एटर्नी एट ल बासुदेव फुलाराको सम्मान विषेश कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । फुलराले अझै पनि नेपाल सरकारले एनआरएनए लाई लगानी गर्नको लागि विश्वासको बातावरण बनाउन नसकेको बताउनुभयो ।

गैरकानुनी रुपमा अमेरीका तथा यूरोपियन मुलुकमा जाँदा अरबौं रुपैयाँ नेपाली दलाल मार्फत विदेशीने गरेकोले यस्तो कार्य रोक्न राज्य गम्भिर हुनुपर्ने उहाको भनाई थियो । नेपालीहरुले विदेशमा पसिना चुहाएर पठाएको रेमिट्यान्स गैरकानुनी रुपमा विदेशी दलाहरुले लैजाने गरेको उहाँले टिप्पणी गर्नुभयो । फुलाराले पछिल्लो समय दलालहरुले खुलम खुल्ला पचासौंलाख सम्म ठगेर अमेरीकाको सपना देखाउने गरेको भन्दै त्यस्ता ठग बाट सजग रहन सबैलाई आग्रह गर्नुभयो ।

अहिलेको बदलिँदो अमेरिकन आप्रवासि नीतिले कानुनी रुपमा अमेरीकामा रहेका नेपालीलाई कुनै पनि प्रभाव नपर्ने उल्लेख गर्दै फुलाराले तर गैरकानुनी रुपमा अन्य मुलुकको सिमाना हुँदै अमेरीका जानेहरुलाई भने असहज भएको बताउनुभयो ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोशियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी, बरिष्ठ अधिबक्ता रबी नारायण कोइराला लगायतले सरकारले देशको विकास गर्न सके बिदेसिनुपर्ने बाध्यता नरहने बताउनुभयो । मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालमा कार्यरत विभिन्न अधिवक्ताहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया