अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५
| Colorodo: 20:50
पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली भई वर्षा र हिमपात भईरहेको छ । पोखरा, काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने क्रम चलिरहने मोसमविद्हरुले जनाएका छन् ।
पश्चिमी न्यूनचापीय प्रणाली तथा अरब सागरबाट आएको दक्षिण–पश्चिमी वायुको प्रभावले मौसम बदली भएको बताईएको छ । पश्चिम, मध्य र पूर्विभागका उच्च स्थानमा हिमपात भईरहेको छ भने मध्य, पश्चिम र पूर्वी भागको मौसम विहीबार बेलुकी सम्ममा सुधार आउने बताईएको छ ।
सामान्यतः हिउँदमा कम पानी पर्ने भएपनि यस पटक औसत भन्दा बढी पानी परेको छ । मार्चदेखि प्री मनसुन सुरुहुने भएकोले यही अनुपातमा पानी परे प्रि–मनसुन र मनसुनमा धेरे पानी पर्नसक्ने जनाईएको छ । बिहीवारबाट मौसममा सुधार आउने छ ।
