अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 03:18

महिला क्रिकेटमा कुबेतमाथि नेपालको ३० रनको जित

बिआरटीनेपाल २०७५ फागुन १५ गते ८:४५ मा प्रकाशित

आइसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले आफ्नो अन्तिम खेलमा कुबेतलाई ३० रनले पराजित गरेको छ । थाइल्यान्डको बैंककमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुवेतसामु जितका लागि १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा अलआउट हुँदै मात्रै ८६ रन बनाउन सक्यो ।

नेपालकी विन्दु रावल सर्वाधिक २८ रनमा अविजित रहिन् । त्यस्तै रुविना क्षेत्री २२, नेरी थापा १९, काजल श्रेष्ठले १८ रनको योगदान दिइन् । कुवेतलाई सस्तैमा समेट्न नेपालकी रुविना र करुना भण्डारीले समान ३/३ विकेट लिइन भने नेरी थापा र कविता कुँवरले १/ १ विकेट लिइन् ।

७ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ । एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ । तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ । र आजै थाइल्याण्डले युएईसँग खेल्नेछ । उक्त खेल जितेमा थाइल्याण्ड अपराजित रहँदै ग्लोबल क्वालिफायर पुग्नेछ ।

प्रतिक्रिया