अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 10:39

भारत पाकिस्तानबीच तनाव बढ्यो, पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाको आक्रमण- ३ सय भन्दा बढी विद्रोही मारिएको दावी

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:२७ मा प्रकाशित

काश्मिरमा भएको आक्रमणको बदला स्वरुप भारतले पाकिस्तानको बालाकोटमा आक्रमण गरेको छ । भारतीय वायु सेनाले गरेको आक्रमणमा ३ सय बढि विद्रोही मारिएको भारतले दावी गरेको छ । काश्मिरको पुलवामामा गत फागुन २ गते विद्रोहीले आक्रमण गर्दा ४५ जनाभारतीय सुरक्षाकर्मी मारिएपछि भारतले सो बम खसालेको स्वीकार गरेको छ ।

काश्मिरसँगै रहेको बालाकोटमा १२ भारतीय वायु सेनाको विमानले १ हजार किलोको बम खसालेको हो । पुलवामा आक्रमणको जिम्मा लिएको पाकिस्तान स्थित जैश ए मोहम्मदको संगठनलाई लक्षितगरि आज बिहान भारतीय वायु सेनाले संगठनको विभिन्न शाखामा बम खसालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बम आक्रमणमा परि संगठनका कमाण्डर समेत ३ सय बढि विद्रोहि मारिएको भारतीय सुरक्षाअधिकारीहरुले बताएका छन् ।

पाकिस्तानमा भारतद्वारा गरिएको आक्रमणपछि पाकिस्तानी सांसदहरुले पाकिस्तानका प्रधानमन्त्री इमरानखान विरुद्ध संसदमा चर्को नारावाजी गरेका छन् । पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतको आक्रमणको पाकिस्तानले जवाफ दिने चेतावनी दिनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा कुरैशीले भारतले पाकिस्तानको सम्प्रुभता उल्लघंन गरेको भन्दै पाकिस्तान चुप लागेर नबस्ने र आक्रमणको जवाफ दिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू