प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद यशोदा गुरुङ सुवेदीले एनसेल कार्यालयअगाडिको विस्फोटबाट भएको क्षतिमा एनसेलपनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।
सांसद भूमिराज त्रिपाठीले धार्के–सीतापाइला सडकको तत्काल स्तरोन्नति गर्न माग गर्नुभयो । सांसद महेशजंग गहतराजले भेरी अञ्चल अस्पताल र सुशील कोइराला क्यान्सर अस्पतालमा उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गाउनुभयो । सांसद मायादेवी न्यौपानेले जेलमा रहेका कैदीबन्दीले तयार पारेका सामग्रीलाई उचित प्रबन्ध गर्न माग गर्नुभयो ।
सांसद मोहन बानियाँले कर्णाली प्रदेशको सडक पूर्वाधारलाई प्राथमिकतामा राख्न माग गर्नुभयो । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक कार्यबिधी तथा वित्तीय उत्तरदायित्व विधेयक पेश गर्नुभएको थियो । सूचना प्रविधिसम्बन्धी विधेयकलाई दफावार छलफलमा पठाइएको छ ।
