अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 21:52

थ्री स्टार क्लब आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:२८ मा प्रकाशित

ललितपुरको रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ ले गोल अन्तरले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।

थ्री स्टारको सहज जितमा अनिल गुरुङले ह्याट्रिक गरेका थिए भने अजायी मार्टिनले पनि एक गोल गरे । प्रतियोगितामा उसले एक गोल उपहार पाएको थियो । सिक्किमका सोनाम छिरिङ भुटिया र ओन छिरिङ लेप्चाले गोल गर्न सफल भए । प्रतियोगितामा ह्याट्रिक गरेका अनिल गुरुङ्ग खेलको म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैया प्राप्त गर्न सफल रहे ।

प्रतियोगिताको अन्तिम क्वार्टफाइनल खेल मंगलबार क्यामरुनको दाउफिन्स र विभागी टोली नेपाल पुलिसवीच प्रतिस्पर्धा हुँदैछ । यसअघि २ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल आर्माीको त्रिभुवन आर्मी क्लव सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू