अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

अमेरिकाले नेपालको सुरक्षा सदृढ बनाउन सहयोग गर्ने

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:२४ मा प्रकाशित

अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उप सहायक सचिव जोसेफ फेल्टरले सोमबार बिहान उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अमेरिकी सरकारको तर्फबाट यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

सिहंदरबारस्थित रक्षामन्त्रालयमा भएको शिष्टाचार भेटमा फेल्टरले अमेरिका नेपालको सुरक्षा प्रबन्धलाई व्यवस्थित गर्ने सन्दर्भका योजनालाई सहयोग पुर्याउन चाहेको र विगतको सहयोगी भूमिका लाई निरन्तरण दिने प्रतिवद्धता जनाएको उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले जानकारी दिनुभयो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा समेत छलफल भएको जनाईएको छ । नेपाल सरकारले अघि सारेको आर्थिक विकास र सम्मृद्धिको अभियानलाई सहयोग गर्न फेल्टर मार्फत उपप्रधानमन्त्री पोख्रेलले अमेरिकी सरकारलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय