अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

संसदीय सुनुवाइ समितिको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाइ नेकपाको ह्वीप

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:१८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संसदीय सुनुवाई समितिको भोली बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई आग्रह गरेको छ । आज बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो ।

कोरम नपुगेर बैठकै नबस्ने अवस्था आएपछि सबै सांसदलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको हो । भोलीको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ ।

प्रतिपक्षी नेपाली काँग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ । नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १÷१ जना सांसद सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय