नेपाली कांग्रेसको महासमिति बैठकले केन्द्रीय समितिमा पठाएको नयाँ विधान पारित भएको छ। आइतबार बसेको बैठकले नयाँ विधानलाई बहुमतबाट पारित गरेको हो। आज विहानै ११ बजे बोलाइएको भएपनि बिद्यार्थीको घेराउ र भिडन्तका कारण तनावग्रस्त भई ५ बजेपछि मात्रै केन्द्रीय समिति बैठक सुरु भएको थियो। विधानलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला सहितका संस्थापन इत्तर पक्षले विरोध गरेका छन्।
महाधिवेशन प्रतिनिधि केन्द्रीय सदस्यहरु स्वतः बन्न पाउने कि नपाउने भन्नेमा कांग्रेसको केन्द्रीय समितिमा विवाद हुँदै आएको थियो। तर संस्थापनले बहुमतका आधारमा केन्द्रीय सदस्य निर्वाचित हुन नपर्ने गरी बिधान पारित गरेको हो । बैठकले महाधिवेशनका लागि केन्द्रीय सदस्यले तल्लो तहमा निर्वा्चित हुन नपर्ने गरी पुरानै व्यवस्थालाई यथावत राख्दै महासमिति बैठकको म्याण्डेट बिपरित बिधान पारित गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी बैठकले लोकतान्त्रिक विद्यि र प्रक्रिया अनुसार महामितिबाट केन्द्रीय समितिमा आएको पार्टीको विधान पारित गरिएको बताउनु भयो ।
