अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

अमेरिकामा एक नेपाली सुभाषको गोली हानी हत्या, एक गम्भीर घाईते

बिआरटीनेपाल २०७५ फागुन १२ गते ८:२४ मा प्रकाशित

अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । बन्दुकधारीको गोली प्रहारबाट एलिजावेद टाउनमा एक जनाको ज्यान गएको हो भने अर्का एक जना गम्भिर घाईते भएका छन् । गोली लागी केन्टकी राज्यको राजधानी फ्रेन्कपोर्टवाट झण्डैं २० मिनेटको दुरीमा रहेको एक ग्यास स्टेसनमा काम गर्दै आएका लमजुङ घर भएका सुभाष घलेको मृत्यु भएको हो। घटनामा परी प्रयास बानियाँ गम्भीर घाइते भएका छन् । उनको लुवेल अस्पतालमा उपचार भइरहेको छ ।

घले केही समयअघि टेक्ससको डलासवाट केन्टकी बसाई सरेका थिए । बिहीबार राती करिब साढे ११ बजे एक बन्दुकधारी स्टोरमा प्रवेश गरी गोली हानेको प्रारम्भिक जानकारी आएको स्थानीय एनआरएनए अमेरिका केन्टकी राज्यका अध्यक्ष डिल्लु पराजुलीले जानकारी दिनुभएको छ ।

ती हतियारधारीले आफ्नो प्रेमिकालाई समेत गोली हानी हत्या गरेको बताइएको छ । प्रहरीले घटनाबारे पूर्ण जानकारी नगराएको भए पनि बन्दुकधारीसँग सोही दिन दिउँसो घलेको सामान्य वादविवाद समेत भएको बताइएको छ । सो स्टोर भारतीय मूलका ह्यारी सिंहले संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू