अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 11:13

भारत र पाकिस्तानबीचको सम्वन्ध खतरापूर्ण – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कस्मिरमा भएको हमलापछि भारत र पाकिस्तानबीचको अवस्था एकदमै खतरापूर्ण रहेको बताउनुभएको छ । पाकिस्तानमा रहेको आतंकवादी समूह जैस ए मोहम्मदले जिम्मा लिएको उक्त हमला सुरक्षा फौजमाथि कस्मिरमै गरिएको सबैभन्दा ठूलो हमला हो ।

“भारत र पाकिस्तानबीच अहिले धेरै नराम्रो अवस्था छ, खतरापूर्ण अवस्था छ, हामी त्यो त्रासपूर्ण अवस्था रोकियोस् भन्ने चाहन्छौँ । हामी त्यो रोक्न संलग्न छौँ,” डोनाल्ड ट्रम्पले संवाददाताहरुलाई ओभल अफिसमा भन्नुभयो ।

समाचार संस्था पीटीआईले ट्रम्पको भनाई उद्धृत गर्दै भनेको छ –“भारतले एकदमै ठूलो केही गर्न चाहेको छ। उसले आफ्ना करिब ५० जना मानिस आक्रमणमा गुमाएको छ, म यो बुझ्न सक्छु ।” ट्रम्पका अनुसार अमेरिकी अधिकारीहरु दुवै देशका अधिकारीहरुसँग निरन्तर सम्पर्कमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू