अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

सवारी दुर्घटनामा ज्यान गुमाउका सांसद वलीको अन्त्येष्टि

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:४४ मा प्रकाशित

दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शनिवार दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

वलीकोे दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा दाहसंस्कार गरिएको हो । सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्तीलगायतका नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका वलीको काठमाडौँको मेडिसिटी अस्पतालमा लगिएको थियो । उहाँका श्रीमती र दुई छोरा छन् । २०४१ सालमा जन्मिएका सांसद वलीको ३४ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय