अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 11:23

सुडानमा सरकार विरोधी प्रदर्शन – संकटकाल घोषणा

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:३३ मा प्रकाशित

सुडानमा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति ओमार अल बसिरले राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । सुडानका सबै प्रान्तीय सरकार विघटन गरी गभर्नरहरुलाई बर्खास्त गर्दै राष्ट्रपति बसिरले संकटकाल घोषणा गर्नुभएको हो । टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ओमारले एक वर्षसम्मका लागि मुलुकका संकटकाल लगाइएको घोषणा गर्नुभयो ।

यसअघि सुडानको राष्ट्रिय सुरक्षा तथा गुप्तचर निकायले भने राष्ट्रपति बसिरले राजीनामा दिने बताएको थियो । राष्ट्रपति बसिरले पछिल्लो हप्ता सरकारविरोधी चर्को प्रदर्शनको सामना गर्नुभएको थियो । सम्बोधनका क्रममा राष्ट्रपति बसिरले विरोध प्रदर्शनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउनुभयो । उहाँले प्रदर्शनबाट मात्र परिवर्तन सम्भव नहुने भन्दै चुनावमार्फत् नै सरकार परिवर्तन सम्भव हुने बताउनुभयो ।

सुडानमा पाउरोटी र इन्धनको मूल्य घटाउन माग गर्दै सुरु भएको प्रदर्शन पछिल्लो समयमा राष्ट्रपति बसिरको ३० वर्षे कार्यकालको विरोधमा पुगेको थियो । प्रदर्शनका क्रममा ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । ७५ वर्षीय राष्ट्रपति बसिर सन् १९८९ देखि सत्तामा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू