अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

भ्रष्टाचार खुच्चिङ गर्ने विषय होइन, रोग हो, उपचार गरौं – डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:२६ मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार रोग भएकोले यसको बेलैमा उपचार गर्नुपर्ने बताउनुभएको छ । भट्टराईले भ्रष्टाचार रोग भएको र खुच्चिङ्ग गर्ने बिषय नभएकोले यसलाई रोक्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

जनसंवाद यात्राको क्रममा शनिबार दैलेखमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वाइड बडीदेखि बूढीगण्डकीसम्म देशमा ठूला भ्रष्टाचारका काण्ड भईरहेको उल्लेख गर्नुभयो । भ्रष्टाचार व्यक्तिसित सम्बन्धित बिषयमात्रै नभएको उल्लेख गर्दै संयोजक भट्टराईले यो एक प्रवृत्ति रहेकोले जुनसुकै पार्टी र नेतालाई लागे पनि खुच्चिङ भन्ने विषय नभएको टिप्पणी गर्नुभयो ।

भ्रष्टाचारको क्यान्सर माथिदेखि तलसम्म नहटाएसम्म समृद्धि र विकास नआउने भट्टराईको भनाई छ । सुशासन र सदाचारको नमूना गाउँबाट सुरू गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । शिक्षा क्षेत्रमा आमूल ढंगले परिवर्तन गर्नुपर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय