अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

युवा पलायन रोक्न सरकारले बिशेष कदम चाल्नुपर्ने – प्रचण्ड

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:२४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्ति विदेश पलायन हुने स्थिति अन्त्य गर्न सरकारले विशेष कदम चाल्नुपर्ने बताउनु भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली युवाहरूले आफ्नै देशमा कृषिजन्य उत्पादन बढाउनका लागि ध्यान दिनुपर्ने र सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

सामूहिक खेती प्रणालीमा जानुपर्नेमा जोड दिँदै उहाँले सहकारी तथा निजीस्तरबाट पनि कृषिजन्य वस्तु उत्पादन गर्न सके रोजगारीका अवसर पनि सिर्जना गर्न सकिने टिप्पणी गर्नुभएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को देख्दा कहिलेकाहीँ दिक्क लाग्ने गरेको सुनाउँदै अध्यक्ष प्रचण्डले यस्तो बेला आफैँ खेती गर्न हिँडौँ जस्तो लाग्ने गरेको उल्लेख गर्नुभयो ।

कृषिमा आधुनिकीकरण गरिए मात्रै मुलुक समृद्ध बन्ने उहाँको भनाइ छ । उत्पादन बढाउने नाममा रसायनिक मल र विषादी प्रयोग गरेर स्वास्थ्यमा नकारात्मक प्रभाव पारिएको उल्लेख गर्दै प्रचण्डले अर्गानिक खेती गर्न किसानहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय