अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आउन अर्थमन्त्री डा. खतिवडाको आग्रह

बिआरटीनेपाल २०७५ फागुन ९ गते २२:३६ मा प्रकाशित

काठमाडौँ, अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले गैरआवासीय नेपाली सङ्घ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले तपाइका समस्या र सम्भावना छलफल गरौँ भनेर म यहाँ आएको हु भन्नुभयो ।

नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उहाँले विमानस्थलमा भन्सार जाँच पास सहजीकरण भएको बताउनुभयो । ठुलो मुलुकमा चेक जाँच हुँदा सामान्य मानिने भए पनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको उहाँको भनाई छ । विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिáको व्यवस्था भएको भन्दै सबै देशले पनि पुँजी खाता नियमन गर्ने व्यवस्था भएको उहाँले स्मरण गराउनुभयो ।

करका दरहरू बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाले बताउनुभयो । इतिहासमै पहिलो पटक यति धेरै आर्थिकबृद्धि हुने भन्दै उहाँले जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढी आर्थिकबृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताउनुभयो ।

मूल्यवृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिकबृद्धि समग्रमा वैदेशिक व्यापार बाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरवासीय नेपालीलाई उहाँले स्पष्ट पार्नुभयो ।

वैदेशिक व्यापार समस्या अहिले सृजना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको उहाँले भनाइ छ । विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाले बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मङ्गलवार लन्डन जानुभएको हो ।

सम्मेलनमा डा. खतिवडाले लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पु¥याउने उद्देश्य छ । बेलायतस्थित नेपाली राजदूतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रूपमा अर्थमन्त्री खतिवडाले शुक्रवार सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय