अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१
| Colorodo: 03:06
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले आफ्ना पदाधिकारीको ३२ वर्ष उमेर हद कायम गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। बिहीबार नेविसंघका नेता कार्यकर्ताहरुले नाराबाजी सहित पार्टी कार्यालय सानेपा घेराउ गरेका हुन्।
उनीहरुले पार्टी उपाध्यक्ष विमलेन्द्र निधिले आफूहरुमाथि अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन्। नेविसंघका नेताहरुले नाराबाजी गरेका हुन्। नेता निधि पार्टी कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघ नेता–कार्यकर्ताले नाराबाजी गरेपछि केही समय धकेलाधकेल समेत गरेका छन्।
आफ्नै घरमा समेत आफूहरुमाथि दुब्र्यवहार भएको नेविसंघका नेता कार्यकर्ताले पार्टीको रबैयाप्रति दुखेसो ब्यक्त गरेका छन् ।