अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७
| Colorodo: 14:12
भारतीय चर्चित गायक सोनु निगम नर्भिक अस्पताल भर्ना हुनुभएको छ । म्यूजिक भिडियो छायाँकनका लागि नेपाल आएका सोनुको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरिएको हो । उहाँको स्वास्थ्य अवस्थाको बारेमा केहि समयपछि जानकारी दिने अस्पतालले बताएको छ ।
आइतबार नेपाल आएका गायक निगम म्यूजिक भिडियो छायाँकनका लागि पोखरामा हुनुहुन्थ्यो । पत्नी छोरासहित नेपाल आएका सोनुको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिकमा भर्ना गरिएको स्रोतले जनाएको छ । गत साता समून्द्री खानाका कारण छालामा एलर्जि भएर अस्पताल भर्ना भएका सोनु केहि दिनअघि डिस्चार्ज भएर नेपाल आउनुभएको थियो ।
