अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२
| Colorodo: 23:57
बौद्ध भिक्षुहरु काठमाडौंबाट पैदलयात्रा गर्दै लुम्बिनी आइपुगेका छन् । नेपाल, भारत, थाइल्यान्ड र रुसका गरी ५५ जना भिक्षुको टोली १८ दिनको पैदलयात्रापछि सोमबार लुम्बिनी आइपुगेका हुन् ।
भगवान् बुद्धले ४५ वर्षसम्म हिँडेर विश्वमा शान्ति सन्देश प्रचार गरेकाले त्यसको स्मरणमा आफूहरु पैदलयात्रामा निस्किएको भिक्षुहरुले बताएका छन् । सबै प्राणी सुखी रहून्, विश्वमा बाधा अड्चन कतै नआओस् भन्ने सन्देश दिन पैदलयात्रामा निस्किएको पनि उनीहरुले बताएका छन् ।
