अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

‘पोखरा म्याराथनको पुरस्कार राशी १० हजार डलर पुर्याउनु पर्छ’ – मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७५ फागुन ३ गते ८:३५ मा प्रकाशित

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले अन्तर्राष्ट्रिय पोखरा म्याराथुनको पुरस्कार राशीलाई वृद्धि गर्नुपर्ने बताउनुभएको छ । १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्ब सन्ध्यामा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले पुरस्कार राशीलाई १० हजार डलर सम्म वृद्धि गर्नु पर्ने बताउनुभएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री एवम पोखरा म्याराथनका मुख्य संरक्षक गुरुङले आगामी वर्षबाट पोखरा म्याराथनको पुरस्कार राशीमा वृद्धि गरी अन्तर्राष्ट्रिय धावकहरुलाई पोखरा सम्म ल्याउने बातावरण बनाउन बनाउने तर्फ सबैले ध्यान केन्द्रित गर्नु पर्ने आबश्यकता औंल्याउनुभयो ।

सरकारका मन्त्रीहरु, प्रमुख सचिब, योजना आयोगका उपाध्यक्ष, सचिबहरु, प्रमुख जिल्ला अधिकारी, शुरक्षा निकायका प्रमुखहरु, र भूतपूर्व खेलाडी मंचका पदाधिकारीहरु लाई निर्देशन दिंदै मुख्यमन्त्री गुरुङ्गले यहि फागुन ७ गते पोखरामा आयोजना हुने पोखरा म्याराथन सफल बनाउन आ–आफ्नो क्षेत्र बाट जुट्न र सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय