अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८
| Colorodo: 19:43
सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार एक्ला–एक्लै भेट भएको छ । भेनेजुएला प्रकरणमा यी दुई अध्यक्षबीच मदभेद जारी रहेका वेला भएको भेटघाटलाई चासोका साथ हेरिएको छ ।
उच्च स्रोतका अनुसार करिब आधा घण्टा बालुवाटारमा ओली र प्रचण्डबीच भेट भएको हो । बिहीवार प्रधानमन्त्री ओली ३ वटा औपचारिक कार्यक्रममा सामेल हुनुका साथै निकै व्यस्त रहेपनि अध्यक्षद्धयवीच भेट भएको हो । तर त्यो व्यस्तताका बीच प्रचण्डलाई प्रधानमन्त्रीले समय दिएको बुझिएको छ ।