अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

सरकारको १ बर्ष पुरा-  प्रधानमन्त्री ओलीद्धारा देशबासीको नाममा सम्बोधन /सरकारले समृद्धीको आधार तयार पारेको दावी

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको बर्तमान सरकार गठन भएको १ बर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नुभएको हो ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले एक बर्षमा सरकारले समृद्धीको आधार तयार पारेको दाबी गर्नुभएको छ । १ बर्षको अवधिमा सरकारले गरेका कामहरुको जानकारी गराउदै प्रधानमन्त्री ओलीले सरकार सकारात्मक आलोचनाहरुलाइ सधै स्वीकार गर्दै अगाडी बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले एक बर्षमा सरकारले संविधान कार्यान्वयनको लागि आवश्यक कानुनहरु बनाएको, प्रदेश र स्थानीय तहका लागि आवश्यक कार्यविधि र निर्देशिका तयार पारिएको, संघ, प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी दरबन्दी कायम गरिएको बताउनुभयो ।

संविधान अनुकुल कानुन बनाउने र संविधान अनुकुल नभएका कानुन खारेज गरिनुलाई पनि सरकारले आफ्नो उपलब्धि मानेको प्रधानमन्त्रीले बताउनुभयो । कर्मचारी समायोजन, लगानीमैत्री वातावरणको लागि ऐनहरु निर्माण, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती, अरु बिमानस्थल निर्माणको काम लगायतलाइ पनि सरकारले उपलब्धिको रुपमा हेरेको छ ।

औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको पनि प्रधानमन्त्रीले सम्बोधनको क्रममा उल्लेख गर्नुभयो । सरकारले १ बर्षको अबधिमा मुलुकभर गरी ८७ वटा पुल, ४ सय १७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय