अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

जनयुद्ध दिवस नेकपालाई मान्य छैन – नेता माधवकुमार नेपाल

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:३१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको बताउनुभएको छ । नेकपाले देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य नभएको बताउनुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालले जनआन्दोलन र जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिएकै दिन जनकपुर पुगेका नेता नेपालले त्यो प्रचण्डको निजी निर्णय भएको समेत बताउनुभयो । धुम्बाराहीमा भएको कार्यक्रममा अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनुभएको थिएन ।

नेता नेपालले पार्टीको परिपाटी अध्यक्षले नै बुझ्न नसक्नु दुःखद रहेको उल्लेख गर्नुभयो । उहाँले कुनै नेताको एकल निर्णयले मनाइएको जनयुद्ध दिवस पार्टीलाई मान्य हुनै नसक्ने दाहोर्याउनुभयो । जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्नुपर्ने उहाको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय