अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

पहिलोपटक प्रधानमन्त्री हुँदा चमत्कार गर्न सकिएन – प्रचण्ड

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:२६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु पहिलोपटक सरकारमा गएको बेला कुनै चमत्कार गर्न नसकेको बताउनुभएको छ । सरल सहयात्रीद्वारा लिखित उपन्यासको आज राजधानीमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा गर्न चाहेको र मनपराएको काम गर्न नपाएको स्विकार गर्नुभयो ।

पहिलो पटक प्रधानमन्त्री बन्दा धेरै काम गर्ने आकांक्षा भए पनि आकांक्षा र अनुभवबीच अन्तर्विरोध हुँदा झिलिमिली भएको उहाँले उल्लेख गर्नुभयो । “पहिलो कार्यकाल झिलिमिली नै भयो । त्यतिबेला अनुभवको अभाव थियो” उहाँले भन्नुभयोे, “दोस्रो कार्यकाल त्यस्तो भएन । केही कामहरु भए ।” आफु सरकारमा रहँदा चमत्कार गर्न नसकेको भन्दै उहाँले केही कामहरुको भने थालनी गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अहिले नयाँ अवसर आएको भन्दै यसलाई नयाँ क्रान्तिकोरुपमा अघि बढाउने पर्नेमा जोड दिनुभएको छ । आर्थिक विकास र समृद्धि नगरी समाजवाद नआउने भन्दै उहाँले त्यसको लागि नयाँ आर्थिक क्रान्तिको आवश्यकता रहेको विचार राख्नुभयो ।

नेपालमा तीन करोड जनसंख्या भए पनि मुलुक तीन अर्वको केन्द्रमा रहेको प्रचण्डको भनाई थियो । देश समाजवादको यात्रातर्फ उन्मुख भएको बताउँदै उहाँले गणतन्त्र ल्याउन लडाकूहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । जनयुद्धका लडाकूहरु विवेकशील र क्षमतावान भएको प्रमाण समाजमा प्रस्तुत गरिरहेको उहाँको भनाई थियो ।

अध्यक्ष प्रचण्डले पूर्वलडाकू सामाजिक र राष्ट्रिय जीवनका हरेक पाटोमा उत्कृष्ट भएको हेर्ने चाहना आफुलाई रहेको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै उपन्यासका लेखक सरल सहयात्रीले उपन्यासमा आफ्नो सगरमाथा आरोहणको स्मृति र जनयुद्धपछि सामाजिक जीवनमा फर्कंदाको मनोभाव समेटेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय