अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 23:46

ब्रिटिश राजकुमार फिलिपद्धारा सवारी चालक अनुमतिपत्र त्याग

बिआरटीनेपाल २०७५ माघ २८ गते ८:३० मा प्रकाशित

आफुले चलाइरहेको जिप दुर्घटनामा परेपछी ९७ बर्षिय ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्याग्नुभएको छ । बकिङ्घम दरबारले राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्यागेको जनाउको हो । ९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप ब्रिटेनकी महारानी एलिजाबेथका श्रीमान हुनुहुन्छ । । आफूले चलाइरहेको ल्यान्ड रोभर जीप हालै दुर्घटनामा परेपछि उहाँले क्षमायाचना गर्नुभएको थियो ।

राजकुमारले अधिकारीहरू समक्ष लाइसेन्स बुझाएको र त्यो सवारी तथा लाइसेन्स सम्बन्धी निकायमा पठाइएको नोरफोक प्रहरीले पुष्टि गरेको छ । दुर्घटनासम्बन्धी फाइल सरकारी अभियोजन कार्यालयमा पठाइएको र उसले राजकुमारको पछिल्लो कदमलाई ध्यान दिने बताइएको छ ।

बीबीसीका अनुसार उहाँले गत महिनाको दुर्घटनामा आफ्नो गल्ती भएको स्वीकार गर्नुभएको छ । दुर्घटनापछि आफैँले कार हाँक्ने उहाँको निर्णयको आलोचना भएको थियो । अब राजकुमार फिलिपसँग चालक हुनेछन् । जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार घाइते हुनबाट जोगिएनु भएको थियो तर उहाँको कारसँग जुधेको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो । कियामा एक ९ महिनाको बालकसहित ३ जना मानिस सवार थिए ।

राजकुमारले घाइते महिलालाई पत्र लेख्दै दुर्घटनालाई ‘निकै दुःखदायी घटना’ को रूपमा स्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू